US military deployment in Asia

  • आतंकबादी देश चिनले सारा सन्सारमा नै कोरोना जस्तो घातक भाइरस फैलायो यो कुरा हामी सबैलाई थाह छ र अहिले सम्म सारा सन्सार कै देशहरू उक्त भाइरस देखि जोगिने प्रचेस्टा गरिरहेका छ्न।लगभग समस्त सन्सार नै यश भाइरसको चपेटामा परेर त्रासित नै छ्न यसमा कतिपय देशको आर्थिक स्थिति प्रायः  डामाडोल नै भै सकेको अवस्थामा अब फेरि चिनद्वारा नै उसको बिस्तारवादि नितिलाई अघि बडाउने क्रम क्रमशः जारी नै छ।बिबादित हङकङमा आफ्नो कठोर कानुन ब्यबस्था लागू गरेर हङकङ बासिहरूको अधिकार हनन गर्नु साथै भारतको डोकलाम जस्तो क्षेत्रलाई चिनमा गाभने असफल प्रयास पनि चिनद्वारा भै नै रहेको छ।
         यश कुरोलाई मध्यनजर राख्दै भारतले आफ्नो सेनाको क्षमतालाई अझै बडाउनका निम्ति रूस जस्तो देश शीत मिसाइल निष्क्रिय गर्ने जस्ता हतियारहरू क्रय पनि गर्यो।अहिलेको स्थिति झण्डै दुवैतिर ( भारत तथा चीन) युद्ध जस्तै भएको छ।आखिर किन चिनले यस्तो अवस्थालाई जन्माउने कुप्रचेस्ठा गर्दैछ त? यसमा चिनलाई के फाइदा छ होला? भन्ने कुरा हामिमा उठनु स्वाभाविक हो र यसको उत्तर मैले यस प्रकार पाए।

कारणहरू:--

1) कोरोनाको असर चिनमा पनि अरू रास्ट्र जति नै परनु।
2) चिनियाँ सर सामानहरूको निर्यातमा एक्कासि रोक लाग्नु।
3) अमेरिका, फ्रान्स,अस्ट्रेलिया जस्ता देशहरूले चिनलाई दोस लागाउनु।
4) अमेरिकी रास्ट्रद्वारा आर्थिक मदतमा रोक लगाउनु।
5) विश्व भरिका प्रायः सबै देशहरूले चिन शीत हुने अन्तरास्ट्रिय ब्यापारमा कमि गरिदिनु जस्ता कारणहरूले गर्दा चिनलाई ठूलो धक्का लागेको छ।
 6) आफ्नो समानहरूको निर्यात मार्फत चिनले सम्पुर्ण बिस्व बजारमा नै आफ्नो बर्बस्व कायम राख्ने सपना देख्दै थियो त्यो पूरा भएन।फेरि उता अमेरिका साथै भारतमाझको मित्रता र भारतको बड्दो शक्तिले चिन्ता ग्रस्त भएको  थियो।
 चिनलाई फाइदा :---
1) कोरोना भाइरस फैलिएका देशहरूलाई आर्थिक मदत पुर्याउने बाहानामा आफ्नो देशमा निर्मित सरसामानको अधिक निर्यात गरेर मोटो मुनाफा कमाउने लोभ।
2)साना साना देशहरू जस्तै पाकिस्तान, नेपाल, फिलिपिन्स ,अफगानिस्तान जस्ता देशहरूलाई लोन दिएर उक्त देशहरूको काचोमालहरूमा सजिलै हस्तक्षेप गर्नु , अहिलेको पाकिस्तान एउटा उदाहरण हो।
3) अधिक मुनाफाको लोभमा परेका रास्ट्रहरूमा चिनियाँ टेक्नोलोजीको बिस्तार गर्नु।
4) चिनलाई बिस्वमा सबै भन्दा सक्तिसाली देशको रूपमा ल्याउन सक्नु। आदि जस्ता प्रमुख कारणहरू हुन।
आज चिनले ठिक यस्तै नै गर्दै छ तर आज अमेरिका , फ्रान्स, अस्ट्रेलिया,साथै रसिया जस्ता सक्तिसाली देशहरूले चिनियाँ रास्ट्रको यश चाललाई राम्ररी बुझी सकेका छ्न र उसको हरेक स्थितिलाई हेर्दै छ्न यसैको नतिजा हो अमेरिकी सेनाको एसियाली देशहरूमा तैनाती।

अब यश परिस्थितिमा मेरो मनमा अरू प्रस्नहरू उठदैछन।ती निम्नलिखित हुन:---
1) अमेरिकी सेनाको एसियाली देशहरूमा तैनातिले भारतलाई कुनै असर त पर्दैन? 
2) प्रसान्त महासागरमा अमेरिकी सेनाको दखल अन्दाजीले भारतिय रस्ट्र्नितिको दुरुपयोग त हुदैन।
3) के भारतिय सिमाना वरिपरि अमेरिकी सेनाको तैनातिले भोलि अमेरिकी देशद्वारा कुनै आन्तरिक मुद्द्मा हस्तक्षेप त हुदैन?
  अझै यी जस्ता धेरै प्रस्नहरू छ्न जसलाई अर्को लेखमा आवस्य गर्ने छु।
                                           धन्यवाद  

Comments

Popular posts from this blog

चिनको टुकडा गर्नु नै पर्छ

effect of Corona

Great idea